ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ३८


काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान् पर्व रमजान आज शुक्रबारदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ ।

रोजा बस्न मुसलमान समुदायले उर्दू पात्रोअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

रमजान उर्दू पात्रोअनुसार हिजरी सम्वत् १४४४ हो भने महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।


प्रतिक्रिया दिनुहोस्