दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १० : ५८


दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचन नेविसंघ विजयी भएको छ ।

एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौंले गठबन्धन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्