प्रावि शिक्षकका लागि खुल्यो दरखास्त

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : ४२


काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो ।

आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्