एमसीसीबारे सुझावका लागि नेकपाद्वारा कार्यदल गठन

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : १९


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकासँगको विवादित सम्झौता एमसीसीबारे सुझाव संकलन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। 

केन्द्रीय कमिटीको बैठकमा नेताहरुले थप छलफल हुनुपर्ने माग राखेपछि नेकपाले कार्यदल गठन गरेको हो। 

कार्यदमा झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन्। 

यो कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ।


प्रतिक्रिया दिनुहोस्