दक्ष कामदार मात्र विदेश पठाउने सरकारको तयारी छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : ५३


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताए ।

सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने उनको भनाइ छ ।

उनले रोजगारीका लागि विदेश गएका युवाहरुलाई दुःख दिने दिन गएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले सरकारले विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्