सांसद पौड्यालको प्रश्न : प्रहरीले बोल्ने नागरिकको मुख थुन्न मिल्छ ?

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : ५३


काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुने क्रममा विरोध गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र मुख थुनेको भिडिओ तथा फोटोहरु सार्वजनिक भएपछि आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन् ।

उनले भनिन्, ‘केही प्रहरीले जबर्जस्ती मुख थुनेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’

उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको स्मरण गराइन्।


प्रतिक्रिया दिनुहोस्