अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ९ : ३८


काठमाडौं । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

६ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ ।

भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको छ भने तीन सय जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस्