एजेन्सी । चीनमा कोरोना भाइरससँगै बर्ड फ्लूको संक्रमण पनि फैलिएको छ ।
चीनले दक्षिणी प्रान्त हुनानको शाओयाङ शहरमा रहेको फार्ममा एच फाइभ एन वन नामक बर्ड बर्ड फ्लूको प्रकोपले तनाव सिर्जना गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनियाँ कृषि र ग्रामीण मामिला मन्त्रालयका अनुसार शनिबार ४ हजार ५ सय कुखुरा मरेका छन् ।
समाचार संस्था रोयटर्सले चिनियाँ अधिकारीहरूले बर्ड फ्लूको संक्रमणपछि करिब १८ हजार कुखुरालाई जलाएको जनाएको छ ।