चालक दलका तीन सदस्यसहित निगमका सातजना कर्मचारी निलम्बित

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : २६


काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारी निलम्बनमा परेका छन् ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो ।

उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको छ । उक्त घटनाबारे अध्ययन भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्