चिकेन बिरयानी भन्दै बेचिरहेका थिए काग बिरयानी, वास्तविकता खुलेपछि…

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ०५


तपाईले बलिउड फिल्म रन त हेर्नुभएको होला।  अभिषेक बच्चन र विजय राजको फिल्म रनमा विजय राजको काग बिरयानीको सिनले सबैलाई अचम्मित पारेको थियो। 

त्यो सबै फिल्मको कुरा थियो। तर वास्तवमै एक होटलले चिकेन बिरयानीको साटो काग बिरयानी बेचेको खुलासा भएको छ। घटना भारतको तमिलनाडुस्थित रामेश्वरम भन्ने स्थानको हो। 

यहाँ दुई व्यक्तिले रामेश्वरको सडक किनारामा चिकन बिरयानीको साटो काग बिरयानी बेचिरहेका थिए। खाद्य विभागलाई जब यस कुराको थाहा भयो, तब उनीहरुले सबै कुरा हल्ला भएको भन्दै पन्छिन खोजेका थिए। जब विभागका अफिसरले छापा मारे, जब उनीहरु चकित भए। त्यहाँ वास्तवमै चिकेन भन्दै कागको मासु खुवाइरहेको खुलासा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  


प्रतिक्रिया दिनुहोस्