कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : २८


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो ।

बैठक आइतबार बिहान १०:३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने बताइएको छ।

आइतबार नै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्