देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ५९


काठमाडौं । आगामी तीन दिनसम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।

आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाले जनाएको छ ।

निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन ।


प्रतिक्रिया दिनुहोस्