काठमाडाैं । । उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ । आइतबार बिहान मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको अज्ञात समूहले गोली हानी हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको जनाएका छन् । सँगै मर्निङ वाकमा गएका उनका साथी आशीष श्रीवास्तव पनि घाइते भएको र उनको लखनउकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन् ।