आजदेखि बढ्यो डिडिसि दूधको मूल्य, लिटरको ९७ रुपैयाँ

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : ०१


काठमाडौं । दुग्ध विकास संस्थानले डीडीसी बढाएको दूधको मूल्य आजबाट लागू भएको छ । संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो ।

यो मूल्य आजदेखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्