सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ४७


काठमाडाैं । सुनसरीको इनरुवा नगरपालिकाको तित्रीबनामा बस र माइक्रोबस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । इटहरीबाट इनरुवातिर जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस गाडी र इनरुवाबाट इटहरीतिर जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोका चालक दीपक खड्कासहित तीन जनाको घटनास्थालमा ज्यान गएको थियो भने उपचारको क्रममा दुई जना गरी पाँच जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा काठमाडौंका हेमराज कोइरालाको ज्यान गएको छ । दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्