काठमाडाैं । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेर उनले भने, ‘मैले श्रीमतीको हत्या गरिदिए साहब । मलाई पक्राउ गर्नुहोस् ।’
स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, पुलिसको उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए । मृतकका पिता गोबिन्दले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो जसको उनीहरुले घाँटी थिचेर हत्या गरेका थिए ।’ गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए ।
उनी पटक पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै काटिदिए ।’ उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्याइएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फारार भएका छन् ।