काबुलमा हतियारको भण्डार फेला

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ३८


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला परेको छ ।

सोमबार साँझ काबुल सहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो ।

त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेट लगायतका विभिन्न हातहतियार बरामद गरेको छ ।

प्रोपेल्ड ग्रेनेड, हजारौं गोली, कारतूस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी शिर अली जन्दुल्लाहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्