अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै अमेरिका र बेलायत

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : ५८


एजेन्सी । अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार सहयोग गर्ने भएका छन् ।

बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन् ।

यो सम्झौतामा जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी हुनेछन्।

अस्ट्रेलियालाई दिइने पनडुब्बीमा अमेरिकी प्रविधि र ब्रिटिश डिजाइन छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसको औपचारिक घोषणा गर्नेछन् ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए। यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ।


प्रतिक्रिया दिनुहोस्