स्ववियु निर्वाचन विवाद : आरआरमा खुकुरी प्रहार गर्ने चन्द पक्राउ

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ३७


काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी दर्ताका क्रममा काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा खुकुरी नचाउने व्यक्त पक्राउ परेका छन् ।

बैतडी मेलौली नगरपालिका ३ घर भएका मनोज चन्दलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज दिउँसो नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका चन्दलाई पक्राउ गरेको छ ।

चन्दमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्