काठमाडौँ । आज देशभरको मौसम सफा रहने भएको छ।
नेपालको पुर्वी तथा मध्य भू-भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीका कारण मौसम सभा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको मध्पय पहाडी भू-भागमा आशिंक बदली रहेपछि आज देशभर मौसम सफा रहने महाशाखाले जनाएको छ।
हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
माघ २० गते (सोमबार)
दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
माघ २१ गते (मंगलबार)
दिउँसोः देशभर आन्शिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आन्शिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।