आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : ०३


काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।

नेकपा एकीकृत नेकपा समाजवादी(एस) निकट अनेरास्ववियुका विद्यार्थीले क्याम्पस हाताभित्र खुकुरी प्रहार गरेका हुन् ।

एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।

समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गरेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्