प्रहरी जवानले मच्चाए सडकमा हंगामा, निलम्बनको तयारी

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : १७


सप्तरी । सप्तरीको राजविराजमा एक प्रहरी जवान दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान नरेन्द्रकुमार कार्की रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुख क्याम्पस अगाडी हंगामा गरेका हुन् । जसको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बिहीबार साँझ सप्तरीको राजविराजस्थित कुनौली सडक खण्डमा ड्युटीमा रहेका उनले सडकमा सर्वसाधारणलाई गालीगलौज गर्दै मनपरी गरेपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका छन् । नशामा लठ्ठ उनले सर्ट फुकालेर अर्धनग्न छन् । स्थानीयसँग वादविवाद गरिरहेका छन् ।

हातमा डण्टा लिएर यता उत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

मोटरसाइकल सडकमै घिर्सान थालेपछि स्थानीयले त्यसो नगर्न भन्दा लगाएको बर्दी फुकालेर उनले तथानाम गाली गर्न थालेपछि भेला भएका स्थानीयहरूले प्रतिकार गरेका थिए ।

प्रहरी जवान रायले भिडियो खिच्नेहरुलाई समेत धम्क्याउँदै गालीगलौज गरेका थिए भने बर्दी फुकालेर फिल्मी शैलीमा सडकमा लाठी बजार्दै जथाभावी गरेको प्रत्यक्षदशीहरुको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको छ ।

पदीय आचरण विपरीत कार्य गर्ने प्रहरी जवान रायलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्