मेष- मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवम् सम्पत्तिको कारोबार बढ्नेछ । सन्तानबाट सहयोग एवम् विदेशबाट धन प्राप्तीको योग देखिन्छ । नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । साताको अन्त्यमा भने परिवारमा विवाद आउने एवम् स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तसँगको कारोबारमा विवाद एवम् समस्या हुन सक्नेछ ।
वृष- पारिवारिक काममा व्यस्तता बढ्नेछ । मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । भोग विलास एवम् सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ । नरम बोलीको प्रभावले ठुलाबडासँग सम्बन्ध बन्नेछ । साताको अन्त्यमा भने काममा जिम्मेवारी थपिने एवम् यात्रामा झन्झट आउनेछ ।
मिथुन- अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवम् खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवम् व्यवसायमा घाटा हुन सक्नेछ । साताको मध्यमा भने प्रेममा प्रगती, आफन्तसँग भेटघाट एवम नयाँ मित्रता सुरु हुनेछ । परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवम् भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवम् लगानीका राम्रो प्रतिफल आउनेछ । धनसम्पत्तिको सहयोग मिल्नाले पुराना व्यवहारमा राहत मिल्नेछ ।
कर्कट- सोचेको एवम् आँटेको कुरामा सफलता मिल्नेछ । विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवम् धनसम्पत्तिको सहयोग मिल्नेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम् यात्रामा झन्झट आउनेछ । आफन्तसँग सामान्य मनमुटाव हुने तथा चिसोको समस्या हुनेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट एवम् विलासितामा धन खर्च हुनेछ । आफन्त भेटघाट तथा सन्ततीबाट खुशीयाली मिल्नेछ ।
सिंह- राजनीतिक पहिचान मिल्नेछ । सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगती एवम् सन्तानको सहयोगले व्यवहारमा सहायता मिल्नेछ । भोज भतेर एवम् खानेकुरामा लगानी बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा झन्झट हुने तथा सामान्य बाधा आउन सक्नेछ ।
कन्या- धर्म कर्ममा रुचि जाने एवम् धार्मिक यात्रा हुनेछ । ठुलाबडासँग भेटघाट एवम् सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवम् यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने धन प्राप्ती तथा व्यापार व्यवसाय एवम् लगानीमा राम्रो प्रतिफल आउनेछ ।
तुला- स्वास्थ्यमा सामान्य समस्या आउनेछ । काममा झन्झट मिल्ने एवम सुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । साताको मध्यमा भने पारिवारिक काममा व्यस्तता बढ्ने एवम् धर्म, कर्मममा समय बित्नेछ । छोटो यात्राको सुख मिल्ने तथा पारिवारिक काममा अलमल हुनेछ । साताको अन्त्यमा भने सामाजिक पहिचान मिल्ने तथा राजनीतिक मुद्दामा आफ्नो पहिचान बन्नेछ ।
वृश्चिक- पारिवारिक भेटघाट एवम् यात्राको अवसर बन्नेछ । साथीभाइसँग रमाइलो एवम् धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम् काममा उल्झन आउनेछ । मित्रतामा बाधा आउने एवम् आफन्तले काम बिगार्न सक्नेछ । साताको अन्त्यमा भने धर्मकर्ममा खर्च हुने । यात्राको सुख मिल्ने एवम् ठुलाबडासँग भेटघाट रहने तथा सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।
धनु- स्वास्थ्यमा सुधार हुने एवम् मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवम् साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा बाधा एवम् स्वास्थ्यमा समस्या तथा काममा रोकावट हुनेछ । गुप्त शत्रुले बाधा गर्नछन् र नजिकका व्यक्तिबाट धोका हुनेछ ।
मकर- अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवम् आर्थिक अवस्था सुध्रिनेछ । आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवम घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवम् आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । घरबाट बाहिरको काम बन्ने एवम यात्रामा खर्च हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप, प्रेमी प्रेमिकाबीच सुमधुर सम्बन्ध बढ्ने एवम् मिष्ठान भोजनको सुख मिल्नेछ ।
कुम्भ- साताको शुरुमा घरायसी विवाद आउनेछ । आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम् कृषि तथा तरल पदार्थबाट व्यावसायमा फाइदा हुनेछ । नयाँ मित्रता गाँसिने एवम् सवारी साधन तथा भोग विलासमा खर्च बढ्नेछ । नयाँ ठाउँको भ्रमण तथा पारिवारिक भेटघाटमा भने खुशीयाली बढ्नेछ ।
मीन- छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवम काममा जिम्मेवारी थपिनेछ । साथीभाइ एवम् दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवम् खानपानमा खर्च बढी हुनेछ । पेट समस्या तथा चिसो स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने संगित तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।