सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालको शानदार जित

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : २७


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पपुवान्युगिनीले ४७ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो।

उसका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए।

कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।

दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाएको थियो।


प्रतिक्रिया दिनुहोस्