शुक्रबारबाट विदेशका ५० भन्दा बढी हलमा ‘छक्का पन्जा ४’ रिलिज

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : ४६


काठमाडौं । फिल्म ‘छक्का पन्जा ४’ आज (शुक्रबार)देखि मध्यपूर्वका चार मुलुक यूएई, कतार, ओमान र बहराइनमा शुक्रबारदेखि रिलिज भएको छ ।

घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म रिलिजको एक सातापछि खाडी मुलुकमा नेपाली फिल्मको बृहत प्रदर्शन गर्न लागेको हो ।

गत महिना चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको नेपाल सिनेमा फेस्टमा मध्यपूर्वमा फिल्म रिलिजको सम्झौता भएको थियो ।

हेमराज बीसीको निर्देशन रहेको राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्