राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ८ : ३६


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी र संसदीय दलको बैठक बस्दैछ ।

पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ ।

निर्वाचनको मैदानमा आठ दलबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उमेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्