राजेशपायलले ‘गोप्य विवाह’ गरेको खुलासा

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ५३


काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ ।

गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ ।

यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई राजेशपायलले गोप्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्