युक्रेनी राष्ट्रपति जेलेन्स्की र राष्ट्रसंघीय महासचिव एन्टोनियोबीच किभमा भेटवार्ता

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ५२


काठमाडौं । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको हो ।

भेटका क्रममा युक्रेन र रुसबीच सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताबारे कुराकानी हुने अनुमान गरिएको छ ।

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्