आईसीसी विश्वकप लिग–२ : आज यूएईसँग भिड्दै नेपाल

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ३६


काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।

खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन ।

आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ ।

तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् ।


प्रतिक्रिया दिनुहोस्