ठेकेदारका कारण ११ करोडको सव–स्टेशन अलपत्र

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ४८


खोटाङ । खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको छ ।

निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् भने कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भए पनि खुला आकाशमा राखिएको छ ।

खुला चौर भरी थुपारिएका महङ्गा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पूरा भएको छैन । विराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ ।

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्ने गरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको छ ।

अलपत्र परेको सव–स्टेशन निर्माण पूरा भएर सञ्चालनमा आए जिल्लामा देखिइरहेको विद्युत सम्बन्धी केही समस्याहरु अन्त्य हुने प्राधिकरण खोटाङ शाखाका प्रमुख विजयराज रेग्मीले बताए ।


प्रतिक्रिया दिनुहोस्