प्रतिबन्धका बाबजुद चीनमा बेचिदैछ जंगली सर्पको मासु

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ०५


एजेन्सी । चीनमा पैदा भएको कोरोना भाइरस संक्रमण विश्वका धेरै देशहरूका लागि खतरा बन्दै गएको छ।

हालसम्म २५९ जनाको मृत्यु भएको छ भने विश्वभरि १२ हजार मानिस संक्रमित भएका छन्। 

संक्रमण बढ्दै गएपछि चीनले जंगली जनावरको किनबेचमा प्रतिबन्ध लगाएको छ। 

तर, भाइरस रोकथामका लागि बनाइएको नियम उल्लंघनका घटना बाहिरिएका छन्।

प्रतिबन्धको बाबजुद पनि मानिसहरुले जंगली जनावर बेचिरहेको भेटिएको  डेलीमेलले जनाएको छ ।

अधिकारीहरुले केहि पसलमा छापा मारेर पसल सञ्चालकलाई पक्राउ गरेका छन्।

चीनको वुहान शहर सबैभन्दा बढी कोरोना भाइरस संक्रमणबाट प्रभावित भएको छ। धेरै मान्छे त्यहाँ संक्रमित छन्। शहरमा यातायात प्रतिबन्धित गरिएको छ। 

जंगली जिवजन्तुहरु अत्यधिक बिक्री हुने उक्त शहरमा चीनले जनावरहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ। 

कोरोना भाइरस जनावरबाट मानिसमा पैदा भएको विश्वास गरिएको छ । विज्ञहरुका अनुसार यो भाइरस वुहानको समुद्री फुड मार्केटबाट आएको हो । त्यहाँ सम्भवत ंजंगली सर्प वा चमेरोबाट आएको हुनसक्छ । 


 


प्रतिक्रिया दिनुहोस्