काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै जङ्गी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो ।
बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ । अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ । दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ ।
फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ । यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन् । १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।