बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरूद्ध मुद्दा दर्ता

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ५७


काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता गरेको हो।

गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो।

सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ। उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस्