सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको अध्यक्षमा नवीन पोख्रेल

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : ४४


काठमाडौं । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनको अध्यक्षमा नवीन पोख्रेल चुनिनुभएको छ। शनिबार काठमाडौंमा सम्पन्न फाउन्डेशनको प्रथम साधारण सभाबाट पोख्रेलको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

फाउन्डेशनको उपाध्यक्षमा ममता शर्मा र अङ्कित लोहनी, महासचिवमा अटल आचार्य, सचिवमा सामना श्रेष्ठ र कला अधिकारी एवं कोषाध्यक्षमा नग्मा माली रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा एकराज फुयाल, राजन राई, अञ्जली यादव, पविन कुमार ठाकुर, रोहन रिमाल, महेश श्रेष्ठ, सुजन सापकोटा, सर्मिला घर्तिमगर, सन्दीप पुन, जटिल कार्की, दीपशिखा नाथ, निमप्रकाश केसी, पुजा बुढा र जगत चलाउने रहनुभएको छ । 

जनयुद्धका क्रममा अभिभावक गुमाएका युवा तथा बालबालिकाहरुले आफ्नै पहलमा फाउन्डेशन गठन गरेका हुन् । अहिले फाउन्डेसनमा देशैभरिका सहिद तथा बेपत्ता योद्धाहरुका सन्तानहरु सदस्य रहेको अध्यक्ष नवीन पोख्रेलले बताउनुभयो।

जनयुद्धका क्रममा अभिभावकहरुले देश र जनताको पक्षमा गरेको बलिदानलाई सधैं स्मरणीय गराउन आफूहरु संगठित भएको उहाँले बताउनुभयो । राज्यलाई सहिद तथा बेपत्ता योद्धाहरुको योगदानको स्मरण गराउँदै अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षा र भविष्यका लागि पहल गर्न पनि आफूहरुले दबाब दिने पोख्रेलको भनाई छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको पेरिसडाँडामा आयोजित साधारण सभाको उद्घाटन ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले गर्नुभएको थियो।

यो पनि हेर्नुहोस्–

जनयुद्धका नेता स्वीकार्ने तर, जनयुद्ध स्वीकार नगर्नु बेइमानी हो : मन्त्री पुन
 


प्रतिक्रिया दिनुहोस्