राष्ट्रपति निर्वाचन : आज सातै प्रदेशका सांसदलाई प्रशिक्षण दिँदै आठ दलीय गठबन्धन

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ५०


काठमाडौं । आठ दलीय गठबन्धनले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दै छन् ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न लागेका हुन् । यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमाछलफल गर्न लागेका हुन् ।

८ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ। कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्