आईसीसी यू-१९ छनोट : नेपालले आज युएईसँग निर्णायक खेल खेल्दै

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ३५


काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।

खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले सुरुवाती सबै चार खेल जितेको छ ।

युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।

नेपाल र युएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्