आईसीसी विश्वकप लिग-२ खेल्न युएई उडे सन्दीप

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ४४


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग-२ खेल्न यूएई प्रस्थान गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट लामिछाने यूएई प्रस्थान गरेका हुन् ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् ।

टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो । नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न शनिबारनै युएई पुगेको छ।

भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ। यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले सन्दीप आजै युएई गएका हुन्।


प्रतिक्रिया दिनुहोस्