पिएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ५३


एजेन्सी । मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ ।

२४ वर्षीया महिलाले हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

आरोपको विषयमा फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको बताइएको छ ।

महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बिबिसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्