ग्रीसमा दुईवटा रेल ठोक्किँदा २६ जनाको मृत्यु

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ५३


एजेन्सी । ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने ८५ यात्रु घाइते भएका छन् ।

मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।

यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो ।

दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्