हिन्दू धर्म भन्छ, झुक्किएर पनि यी पवित्र चिज कहिलै भुइँमा नराख्नुहोस्

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  २ : ३६


काठमाडौं। देवी भागवतको नवौं स्कन्दमा पूजामा प्रयोग हुने केही महत्वपूर्ण चीज कति पवित्र हुन्छन् भन्ने विषयमा उल्लेख गरिएको छ। ती सामाग्रीलाई सिधै जमीनमा राख्नु हुँदैन। त्यस्ता पूजाका सामाग्रीलाई सधैं आसनमाथि राख्नुपर्छ। ती सामाग्रीलाई सिधै जमीमा राख्यो भने पवित्रता कम हुन्छ र त्यस्ता सामाग्रीको प्रभाव पनि कम हुने देवी भागवतमा उल्लेख गरिएको छ।

हिन्दू धर्मशास्त्रका अनुसार मोती, शंख, यन्त्र माणिक्य, हीरा जनै, फूल, पुस्तक, तुसली, जप गर्ने माला, फूलको माला तथा शालिग्रामको जल कहिल्यै पनि जीमनमा राख्नु हुँदैन।

ती बाहेक अन्य सात महत्वपूर्ण चीज पनि सिधै कहिल्यै जमीनमा राख्नु हुँदैन। 
१ शालिग्राम 
२ शिवलिंग, 
३  शंख, 
४ दीपक
५  कपूर, 
६ सोना
७ चंदन 

यस्ता सामाग्री सिधै जमीनमा राख्दा दोष लाग्छ। शालिग्राम शिला र शिवलिंग पूजनीय हुन्। यी सामाग्रीलाई सिधै जमीनमा राख्दा त्यसबाट निकिस्ने उर्जा र घरको उर्जाबीच टकराव पैदा हुन्छ। त्यसको असर आसपासका मानिसमा पर्छ। दरिद्रता र रोगबाट बच्न पनि यस्ता सामाग्री जमीनमा राख्नु हुँदैन।

शंख, सुन, र चन्दन लक्ष्मीका प्रिय बस्तु हुन्। यी सामाग्री पूजामा उपयोग हुने महत्वपूर्ण सामाग्री हुन्।  लक्ष्मीको रङ सुन र चन्दन समान छ। शंख समुद्र मन्थनबाट प्राप्त भएको हो। यी सामाग्रीलाई सिधै जमीनमा राख्दा लक्ष्मीको अपमान हुन्छ। घरमा समृद्धि र सौभाग्यको इच्छा राख्नेले यी चिजलाई सिधै जमीनमा राख्नु हुँदैन।

दीपक र कपुरमा अग्नि प्रज्वलित हुन्छन। यो दुवै वस्तु अग्निदेवका प्रतिक मानिन्छन्। दीपक र कपुरबाट देवी–देवताको आरती पनि गरिन्छ। यसकारण अग्नि दोष र असफलताकाबाट बच्नकालागि यी सामाग्री सिधै कहिल्यै पनि जमीनमा राख्नु हुँदैन।

 


प्रतिक्रिया दिनुहोस्