दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरूको पारिश्रमिक कटौती

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ३६


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसबारे जानकारी गराएको हो । प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरूले यो निर्णय गर्नुपरेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए ।

उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहरूलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिए ।

त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारीले आफूहरूले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरूले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताए ।


प्रतिक्रिया दिनुहोस्