जब बालुवा बोकेर १०० वटा टिपर एकसाथ गौतमबुद्ध क्रिकेट रङ्गशाला पुगे

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : ३६


धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा  रङ्गशाला ल्याएका हुन् । 

गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेको र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिनुभयो ।  सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो । गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ । रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्