दुर्गा प्रसाईं एमालेबाट निष्कासित

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : ११


काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभियान सुरुवात गरेका थिए ।

उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् । प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए ।

विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्