राष्ट्रपतिका लागि रामचन्द्र र सुवासचन्द्रबीच प्रतिस्पर्धा हुने

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : ११


काठमाडौं । देशको भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

हिजो (शुक्रबार) पुस १० गतेको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठक बसेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले संघिय संसद भवनमा स्थापना गरेको निर्वाचन कार्यालयमा आज १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । राष्ट्रपति निर्वाचन २५ फागुनमा गर्ने आयोगले तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्