कोरोना भाइरसको त्रास : घरपालुवा जनावर मारेर सडकमा फालिँदै

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : २६


बेइजिङ । चीनमा अहिले कोरोना भाइरसको महामारीले अवस्था भयग्रस्त छ।

पछिल्लो तथ्याङ्क अनुसार २ सय ५९ जनाको ज्यान लिइसकेको उक्त भाइरसबाट १२ हजार मानिस सङ्क्रमित छन्। उनीहरूमध्ये १७ सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भाइरस फैलिएसँगै सरकारले जिवजन्तुको कारोबारमा प्रतिबन्ध लगाएको छ । मानिसहरूलाई जङ्गली जिवजन्तुको मासु नखान भनिएको छ।

सरकारले सार्वजनिक यातायातका साधनमा बन्देज लगाउँदै खुला ठाँउमा भेला नहुन पनि निर्देश गरेको छ ।

सङ्कटबाट गुज्रिरहेको चीनले भाइरसलाई जित्न सकिरहेको छैन। यो भाइरस कहाँबाट आयो भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन्।

कुनै जनावरबाट मानिसमा विकास भएको बताइएपनि कुन जनावरबाट आयो भन्ने कुराबारे वैज्ञानिकहरू निष्कर्षमा पुग्न सकेका छैन्।

उक्त भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने गरेको छ। भयग्रस्त चीनमा मानिसहरु आफू बाच्न जस्तो सुकै कदम उठाइरहेका छन्।

यसैबीच, कोरोना भाइरसको केन्द्रबिन्दु रहेको हुबेई सहरमा सडकमा जनावरका शव देखिएका छन्।

जनावरबाट मानिसमा भाइरस फैलिरहेको सूचना फैलिएपछि मानिसहरूले घरपालुवा जनावरलाई मार्दै फालेको बेलायती मिडिया द सनले उल्लेख गरेको छ ।

हुबेई, संघाई लगायतका सहरका सडकमा कुकुर तथा बिरालाहरूको शव भेटिएको समाचारमा जनाइएको छ।

चीनियाँ अधिकारीहरुले नागरिकहरूलाई घरपालुवा जनावरबाट मुक्त हुन नोटिस जारी गरेको भन्ने विवरणहरु पनि सार्वजनिक भएका छन् । 

जनावरहरूबाट भाइरस सर्ने जोखिमभएकाले समग्र अवस्थालाई ध्यानमा राख्दै ५ दिनभित्र जनावरबाट मुक्त हुन अधिकारीहरुले आदेश गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीनका विज्ञहरूले घरपालुवा जनावरहरूबाट पनि नयाँ भाइरसबाट संक्रमित हुन सक्ने बताएपछि अधिकारीहरुले यस्तो निर्देशन गरेका हुन् ।

यो पनी पढ्नुहोस्

युवतीले चमेरोको झोल खाइन्, त्यसैले भाइरस संसारभर फैलियो ?

कोरोना भाइरसको त्रास बढ्दै, उपचारमा खटिएका डाक्टरकै मृत्यु

कोरोना संक्रमितको उपचारका लागि जाँदै गरेकि नर्सको भावुक तस्विर
 


प्रतिक्रिया दिनुहोस्