जलाउन लगिएको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमानसहित दुईजना पक्राउ

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ०१


धनुषा । धनुषामा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट जलाउन लगिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीकै आधारमा अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिइएको हो ।

मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ का ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्