अक्षय कुमारले तीन मिनेटमा सबभन्दा धेरै सेल्फी खिचेर राखे गिनिज विश्व कीर्तिमान

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ४६


काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्।

बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए।

अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्। रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

यसअघि तीन मिनेटभित्रमा सबैभन्दा धेरै सेल्फी खिच्नेमा जेम्स स्मिथको नाम थियो। उनले १६८ सेल्फी खिचेका थिए।

यसैबीच, ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्