हामीलाई राष्ट्रपतिका लागि कसैले प्रस्ताव गरेको छैन : झलनाथ खनाल

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ४३


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी गरेको छन् ।

आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता खनालले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले हाम्रो पार्टीको कोही पनि नेतालाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, त्यसबारे अहिले आएको प्रचार हल्ला मात्रै हो ।राष्ट्रपतिको निर्वाचन अहिले महत्त्वपूर्ण एजेन्डा हो । यस्तो एजेन्डामा हाम्रो पनि सरोकार हुन्छ ।’

राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने उनले बताए । उनले अहिले एमालेसँग पार्टी एकता हुने वा नहुने भन्ने बारेमा बोल्नुको कुनै अर्थ नहुने बताए ।

उनले राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्