प्रेम सुवालको प्रस्ताव- काठमाडौंमा घरजग्गा किन्न नपाउने व्यवस्था बनाऔं

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४३


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले यस्तो प्रस्ताव राखेका हुन् ।

सांसद सुवालले भने, ‘२०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौंमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

कुनै विपत्ति आएमा काठमाडौंका जनता भोकभोकै बस्नुपर्ने अवस्था आउने भन्दै उनले देशको सन्तुलित विकासको माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्