छोरी-ज्वाँइसँगै हनिमुन गएकी सासुले ज्वाँइलाई लिएर हिडेपछि…

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : ३१


बिहेपछि छोरीले सोचिन्, एक्ली आमालाई पनि हनिमुन लैजाऊ र उनलाई पनि घुमफिर गर्दा आनन्द आउला । विडम्बना ! उनै आमाले ज्वाँइलाई उठाएर हिडेपछि छोरी अलपत्र परेकी छिन् । श्रीमान्लाई उडाइदिने आमाप्रति निकै रिसाएकी छिन् ।

लण्डनकी ३४ वर्षीया लरेन वालले आमाबाट आफूलाई ठूलो धोका भएको र आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिल्यै पनि माफी नदिने बताएकी छिन् ।

लरेनकी ५३ वर्षीय आमा जुलीले छोरीको विवाहमा २५ हजार पाउन्ड (नेपालीमा करिब ३७ लाख रुपैयाँ) खर्च गरिन् । आमाले त्यति धेरै खर्च गरेर विवाह गरेपछि आमाप्रति आफू आभारी भएको देखाउन लरेनले दुई हप्ता लामो हनिमुनमा उनलाई पनि सँगै लगिन् ।

विडम्बना ! हनिमुनबाट फर्किएको आठ हप्तापछि लरेनका श्रीमान पल घरबाट निस्किए । श्रीमान् घरबाट निस्किएको ९ महिनापछि लरेनकी आमा जुलीले बच्चा जन्माइन् र यससँगै उनीहरुले आफूहरु जोडी भएको घोषणा गरे।

लरेनले मिररसँगको कुराकानीमा आफ्नो श्रीमान् पल आमासँग सधैं राम्रोसँग प्रस्तुत हुने गरेको बताइन् तर उनको यस्तो व्यवहारमा आफूले कुनै शंका नगरेको पनि बताएकी छिन् ।

‘मैले यसलाई अचम्म ठानिनँ किनभने मेरी आमा उनको सासु आमा हुन् । पलले मेरी आमासँग निकै मित्रवत् व्यवहार गर्दथे । उनीहरु सँगै हुँदा निकै हाँस्थे, रमाउँथे । यसमा मैले चिन्ता गर्नुपर्ने कुनै पनि कारण देखिनँ । आखिर सासुआमा र ज्वाँइबीचको सौहार्दतालाई कसले नराम्रो देख्ला र?’

तर एकदिन लरेनकी बहिनीले जुली (आमा) को फोन चलाउँदा उनी र पलबीचको संवाद देखिन् । जुलीले सबै कुरा अस्विकार गरिन् र पलले लरेनलाई आफ्नो फोन छुन पनि दिएनन् ।

त्यसको केही दिनपछि पलले आफ्नो विवाहको औंठी फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छोडेर आफू भने निस्किए ।

जब आफ्नो श्रीमान् आफ्नै आमासँग बसिरहेका छन् भन्ने लरेनले थाहा पाइन् तब उनी असाध्यै तनावमा पुगिन्।

‘मेरो लागि यो भयानक अनुभव थियो । एउटी आमाले आफ्नी छोरीलाई यो भन्दा नराम्रो के गर्न सक्लिन्? उनले मेरो श्रीमान् खोसिन्, मेरो परिवार र सपना दुबै चकनाचुर पारिन् । त्यसका लागि म मेरी आमालाई साँच्चै नै कहिले पनि माफी दिन सक्दिनँ।’

पल र लरेनको एक स्थानीय पबमा भेट भएको थियो । त्यसलगत्तै उनीहरु नजिकिए । सन् २००४ को मार्चमा छोरीको जन्म भएपछि पलले उनलाई विवाहको प्रस्ताव राखे ।

लरेन आफ्नो सम्बन्ध बलियो हुँदै गएकोमा निकै उत्साहित थिइन् र दुबैजनाको भविष्यबारे सोचेर उनी दंगदास हुन्थिन् ।

‘सबै कुरा राम्रो थियो भनेर सोच्थेँ, सायद म सानै भएकोले पनि त्यस्तो सोच्थेँ । उसले मलाई आफ्नो बाँकी जीवन मसँगै बिताउने कुरा गर्दथ्यो,’ लरेनले भनिन् ।

तर हनिमुनपछि जब पलले घर छोडे, लरेनले आफ्ना श्रीमान् आमासँग बसिरहेका छन् भन्ने गाइँगुइँ हल्ला सुनिन् । त्यसपछि उनले आमालाई बाटोमा हिँड्दा गर्भवती भएको पनि देखिन् ।

लरेनका अनुसार जुलीले आफू गर्भवती भएको कुरा अस्विकार गरिन् । आफ्नो पेट सिस्टका कारण ठूलो भएको उनले बताइन् । त्यतिबेला लरेनको सम्बन्धविच्छेद भइसकेको थियो र उनी आफ्नो जीवन भिन्न तरिकाले व्यतित गर्ने प्रयासमा थिइन्।

जब आफ्नै आमा जुलीले बच्चा जन्माइन्, तब लरेनले उनलाई अन्तिम टेक्स्ट मेसेज पठाइन्, ‘त्यसो भए सिस्ट फाल्नुभयो?’

जुली र पलले त्यसको पाँच वर्षपछि विवाह गरे र लरेनले छोरीका खातिर उनीहरुको विवाहमा आफ्नो उपस्थिति देखाइन्।

लरेनको आफ्नी आमासँग खासै भेट हुँदैन। जुली अहिले पनि पलसँगको वैवाहिक जीवनमा नै छिन्।

जीवनमा खुसीको बाटो रोज्नु उनको लागि सहज नभएको उनी बताउँछिन् । तर यति हुँदाहुँदै पनि उनी अब अघि बढिसकेकी छिन् र उनले नयाँ पार्टनर पाइसकेकी छिन् । उनी अहिले आफ्नो चौथो सन्तानलाई जन्माउने तरखरमा छिन् ।


प्रतिक्रिया दिनुहोस्